नेपालका मुस्लिमलाई बदनाम हुनबाट बचाउनुस् धार्मिक गुरु मौलाना जब्बार मञ्जरी

नेपालका मुस्लिमलाई बदनाम हुनबाट बचाउनुस् : धार्मिक गुरु मौलाना जब्बार मञ्जरी

समाचार

Sharing is caring!

काठमाडौं : इस्लाम धर्मगुरुले मस्जिद वा मर्दशामा लुकेर बसेका जमातीलाई सर्वजनिक भएर स्वास्थ्य परीक्षण गर्न अपिल गरेका छन् ।

नेपालगञ्जका धर्मगुरु एवं नागरिक समाजका अगुवा मौलाना जब्बार मञ्जरीले मुस्लिम समूदायका विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका सबै जमातीलाई सार्वजनिक भएर कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण गर्न गराउन आग्रह गरेका हुन् ।

उनले सञ्चारमाध्यममा कुरा गर्दै विभिन्न जमात कार्यक्रममा गएर नेपाल आएका लुकेर बसेका जमातीहरुलाई सार्वजनिक भएर कोरोना परीक्षण गराउन र नेपालका मुस्लिम समूदायलाई बदान नगराउन समेत अपिल गरेका छन् ।

विभिन्न धार्मिक कार्यक्रममा गएर नेपालमा कोरोना जमातीहरुले फैलाइरहेका भन्ने समाचार प्रसारण भइरहेको भन्दै मुस्लिम धर्मगुरु मञ्जरीले भने–‘विभिन्न मस्जिद वा मर्दशामा लुकेर बस्नु भएका जमातीहरुलाई लुकेर नबस्नु । सार्वजनिक भएर कोरोना परीक्षण गराउनुस् ।’

गत शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–३ भल्के मस्जिदमा रहेका १६ जना मध्ये १२ जना र हिजो (शनिबार) फेरी एक जनामा कोरोन संक्रमा पुष्टि भएको थियो ।

सो विषयमा आफू गम्भीर भएको बताउँदै धर्मगुरु मञ्जरीले भने–‘तपाईहरु जहाँ भएपनि आफैँ बाहिर आउनुस् । लुकेर नबस्नुस् । तपाईहरुको कारणले पूरै मुस्लिम समूदायको बदनाम हुन्छ । हाम्रो देश, हाम्रो नेपालको मुस्लिम समूदायले राष्ट्रको हितमा काम आइरहेका छन् । र राष्ट्रको बदनामी नहोस् । यो महामारी अरुलाई नफैलियोस् । त्यसैले म आग्रह गर्दछु, तपाईहरु सार्वजनिक हुनुस् ।’

उनले लुकेर बस्नु भएको जमातीहरुलाई सार्वजनिक भएर नजिकको जिल्ला प्रशासन, प्रहरी वा नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *