१३ माघ, जनकपुरधाम। मृ त्यु को मुखमा पुगिसकेको छोरा घर फर्किदाको खुसी धनुषाको कमला नगरपालिका–५ पर्साकी ७५ वर्षीया अमरदेवी यादवलाई जति अरुलाई कमै थाहा होला ।
वैदेशिक रोजगारीका क्रममा पुगेर मृ त्यु द ण्डको स जाय सुनाइएको पर्साका उमेश यादव सोमबार घर पुगेका छन् । उमेशलाई स्वागत गर्न श्रीमती सञ्जु र दुई छोरा जनकपुर विमानस्थलमै पुगेका थिए । तर अमरदेवी जान पाइनन् ।
एक त उमेरले साथ दिएन, अर्कोतिर एक वर्षदेखि प्यारालाइसिसले थपिएका श्रीमान भोलाको पनि हेरविचार गर्नुपर्ने थियो । त्यसैले उनी छोरा कतिबेला आउँला भनेर पिढीमा बसेर बाटो हेरिरहिन् ।
१४ वर्षपछि घर फर्किएका उमेशलाई स्वागत गर्न गाउँलेहरु पनि जम्मा भएका थिए । उनीहरुले बाजागाजासहित स्वागत गरे । जब उमेशलाई घर नजिकै देखिन्, अमरदेवीले आखाँ रसाए ।
उनी उमेशको स्वागतमा दैलोमा कलश राखेर बसेकी थिइन् । माया मा रि सकेको छोरा घर फर्किँदाको खुसी उनको मुहार प्रष्ट देखिन्थ्यो ।अमरदेवीले आरती गरिन्, अनि उमेशको हातमा ५० रुपैयाँ राखेर मुख हेरिन् । साभार : अनलाइनखबर
यो पनि पढ्नुस …बुटवल। जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा, कांग्रेस, नेकपा र मधेसीदलका नेताहरू चर्को आलोचना गरेका छन्।
सोमबार भैरहवामा आयोजित कार्यक्रमममा राउतले कांग्रेस, नेकपा र मधेसीदलका नेताहरुलाई म्याद गुज्रेकोे औषधि सरह रहेको आरोप लगाए । ३० वर्ष देखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने उनको भनाइ छ।
नेकपाले महरालाई, कांगे्रसले अफताबलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकोले पार्टीले मधेसीलाई कहिले पनि संरक्षण नगर्ने बताउँदै उनले राजनितिक दलहरूको कडा आलोचना गरे ।
‘अहिलेका यी पार्टीहरु कबाडी खिया लागेको पार्टी जस्तै छ । इन्जिन विग्रेको कबाडी गाडी रहेकोले यसमा बस्न पनि नहुने यदी बसी हालेको भए पनि बीच बाटोमै विग्रिने निश्चित रहेको छ,’ राउतले भने ।
मधेशका ७१ मन्त्री बने पनि अहिलेसम्म शहिदको कुनै सपना पुरा नहुनु नै दुर्भाग्य भएकोले जनमत पार्टी साधुको पार्टीको रुपमा मधेश अधिकारको लागि आएको उनले बताए । जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले जनताको पार्टीको रुपमा कुनै पार्टी नभएर भगौडे र आयातित पार्टी रहेको बताए।
जनमत पार्टीका नेता नरेन्दै चौधरी, संजय यादव, चन्द्र शेखर वर्मा, रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र यादव लगायतले मधेशवादी पार्टीले मधेशी सहिद र मधेशसँग गद्दारी गरेको बताउदै नेकपासँग राजपाको गठबन्धनलाई दलाली रहेको बताए ।
सभा अगावै रुपन्देहीको विभिन्न क्षेत्रबाट -याली सहित नेता कार्यकर्ता र आम सवैसाधरण सभा स्थल भैरहवाको गल्लामण्डी हनुमान मन्दिर प्राङगढ पुगेका थिए ।