श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उड्याे

श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उड्याे

समाचार

Sharing is caring!

काठमाडौं, ११ वैशाख । श्री एअरलाइन्सको जहाज औषधि लिन सिङ्गापुर उडेको छ । एक गैरसरकारी संस्थाले नेपाल सरकारलाई दिने र नेपाल सरकारले खरिद गरेको केही औषधि लिन जहाज बिहान ७ः५० मा सिङ्गापुर उडेको हो ।

सरकारले किनेको औषधिको भाडा नलिने श्री एअरका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । औषधिको परिमाण भने निकै थोरै छ ।

गैरसरकारी संस्था र सरकारले खरिद गरेको सहित जम्मा पाँच सय किलोको हाराहारीमा औषधि रहेको मानन्धरले जानकारी दिए ।

जहाज आजै नेपाल फर्कनेछ। यसअघि श्री एअरले एक नेपाली सैनिकको शव लिन सुडानको उडान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *