मातेर दुई इन्स्पेक्टरले सशस्त्रको ब्यारेकभित्रै डीएसपीलाई कुटे

मातेर दुई इन्स्पेक्टरले सशस्त्रको ब्यारेकभित्रै डीएसपीलाई कुटे

समाचार

Sharing is caring!

काठमाडौँ, ११ वैशाख । सशस्त्र प्रहरी बलका डीएसपी मानबहादुर शाहीमाथि मंगलबार राति कुटपिट भएको छ । शाही दुई प्रहरी इन्सपेक्टरबाट कुटिएका छन् ।
डीएसपी शाहीलाई इन्सपेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले ब्यारेकभित्रै कुटपिट गरेका हुन् । शाही रुपन्देहीका गुल्मपति हुन् । घटना मंगलबार रातिकै भएपनि २ दिनपछि मात्र बाहिर आएको हो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयअनुसार डीएसपीलाई मादक पदार्थ सेवन गरेर कुटिएको जनाएको छ । घटनाको अनुसन्धान गर्न ५ नम्बर प्रदेश बाहिनीले छानबिन समिति समेत गठन गरेको छ । घटनाको छानबिन हुने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *