रिसर्चबाट खुल्यो यस्ताे रहस्य अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने हेर्नुहोस् सेयर गरी चेतना दीनुहोस्

रिसर्चबाट खुल्यो यस्ताे रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने हेर्नुहोस् सेयर गरी चेतना दीनुहोस्

समाचार

Sharing is caring!

काठमाडौं ।

डाक्टरहरु बारम्बार चेतावनी दिईरहेका छन् कि, कोरोना भाइरसबाट बच्नको लागि अनुहार नछोऔँ । तर हामी अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोईराख्छौँ । नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ । अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको बताएको छ ।

विज्ञान भन्छ, हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ । यस कारणले नै अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण भएको शोधबाट पत्ता लागेको छ । यो कुराको खुलासा अमेरिकी डा. न्यान्सी सी. एल्डर, डाक्टर विलियम पी. सायर र

अष्ट्रेलियाकी डा.म्याक्लाव्सले आफ्नो अध्ययनमा धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् । तीनैजना डा. फेस टचिङमा स्टडी गरिरहेका छन् । हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ ? यस बारेमा मनोवैज्ञानिक हरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।

उसको दिमाग नचहँदा नचाहँदै पनि त्यो काम गर्न थाल्छ । त्यसैले सानै दखि लागेको बानी हटाउन धेरै कठीन हुने गर्दछ । त्यसैले मानिसहरुले यस्तो बानी छोड्न सक्दैनन् । १ घण्टामा १९ पटक अनुहार छुने गरिन्छ पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा. न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो लत हो ।

आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । डा. न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुम ध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् । उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो । तर सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए ।

स्टडी गर्ने डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ । मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’ एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *