दलित यूवकको हत्याले छर्लङ्ग, नेपाली समाजको समस्टिगत तस्बिर

दलित यूवकको हत्याले छर्लङ्ग, नेपाली समाजको समस्टिगत तस्बिर

समाचार

Sharing is caring!

– डेभिड घले
नवराज विक, जाजरकोट भेरी नगरपालिका – ४, रानागाउँबाट रुकुमको चौरजहारी नगरपालिका –८, सोतीमा आफ्नो प्रेमिका सँग प्रेम विहे गर्न आफ्ना साथीहरु लिएर पुग्दै गर्दा, कथित माथिल्लो जातकी यूवतीका आफन्त लगायत सिङगो स्थानीयले अन्धाधुन्दा आक्रमण गरी प्रेमी नवराज विक लगायत उनका साथीहरु टिकाराम सुनार र गणेश बुढामगरले ज्यान गुमाए भने अझै तीन जना वेपत्ता छन्, र धेरै संख्यामा दलित समुदायका मानिसहरु घाइत भए, अझ कतिपयले भेरी नदीमा हामफालेर ज्यान जोगाएका छन्।

आजको नेपाली समाजमा यस घटनालाई जातीय विभेदको संकुचित मनोविज्ञान र निहत्था यूवाहरु माथिको आक्रमण मात्र भन्न मिल्दैन, यस घटनाले नेपाली समाजको अश्ली तस्बीरलाई प्रष्ट देखाएको छ। दलित यूवाहरुको हत्या र आक्रमण केवल व्यक्ति हत्या सँग मात्र जोडेर हेरिनु गलत हुन्छ, किनभने यस घटनामा सिङगो गाउँ नै सँलग्न छ।

यो कुनै व्यक्ति बीचको मनमुटावको परिणाम होइन, यो सामुहिक नरसंहार हो। त्यतिमात्र नभएर घटना भएको ठाउँ तत्कालिन माओवादी जनयुद्धको ठूलो प्रभाव भएको र छुवाछुतमुक्त जिल्ला पनि हो। यसले गैरदलित समुदायको चेतना माथि प्रश्न मात्र गरेको छैन, समग्र नेपाली समाज र सनातन देखि चलि अएको धर्म सँस्कृति भित्र व्याप्त कैयंन विकृति विसंगती र अन्धविश्वासको समेत उजागर गरेको छ। निश्चित रुपमा देशमा संवैधानिक व्यवस्था वा कानुन नभएको कारण यसता घटनाहरु दोहोरिरहन्छ भन्ने तर्क दिनु नेपाली समाजको चेतनास्थरको वास्तविकता लुकाउनु हो।

‘नेपालको संविधान २०७२’ ले प्रष्ट सँग भनेका छ, वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक तथा भौगोलिक विविधता यूक्त विशेषतालाई आत्मसात गरी विविधता वीचको एकता समाजिक, सँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै, वर्गीय जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैगिंक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प उल्लेख छ।

कानूनी पक्षलाई हेर्ने हो भने, त्यतिमात्र होइन नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको करिब ५७ वर्ष भएको छ। त्यसरी नै मुलुकी ऐन, २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ। कानूनी रुपमा मात्र होइन व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुनेछैन भनेर संसदले २१ जेठ ०६३ मा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभुति देशको कानुनले गरेको छ। तर के त्यो व्यवहारमा लागु हुन सकेको छ ?

प्रश्न नवराज विक लगायत हत्याको घटना सँग मात्र सम्बन्धित छैन यस्ता नगन्य घटनाहरु हाम्रो समाजमा पटक – पटक दोहोरिरहनुले कोहि कसैलाई दोषी ठह¥याउदैमा, राज्यरगृहमन्त्रीरप्रादेशिक सरकार स्थानीय निकाय, जनप्रतिनिधिलाई प्रश्न गर्दैमा यसका दीर्घकालीन समाधान ननिस्कने निश्चित छ।  आज भन्दा ४ वर्ष अघि धादिङको अजित मिजार हत्याको घटना होस् वा २०६८ भदौ दैलेखमा सेते दमाईलाई गैरदलितहरुले छातीमा खुकुरी हानेर मारेको घटना र विगत केही वर्ष यता २५ जना भन्दा बढी यूवाहरु जातीय छुवाछुतको आधारमा मारिनुले सरकाररकानुनलाई मात्र प्रश्न गरेको छैन, सिङगो समाजिक अवस्थालाई चित्रण गर्दछ।

विश्वमा नै उत्कृष्ट मानिएको संविधान भएको देश नेपालको नागरीक माझ कानूनी राज्यले वास्तविक रुपमा कसलाई न्याय दिएको छ त भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ। साँञ्चै यथार्थको जगमा टेकेर टिप्पणी गर्ने हो भने, यस देशका सम्भ्रान्तरप्रभूत्व वर्गले राज्य संरचनाको बलमा निश्चित समुदायलाइर्य अछुत अशुद्ध, हीन, अपवित्रको नाममा किनाराकृत बनाउने र अर्को तिनै वर्ण, जात र लिङगका मानिसको श्रम, सेवा र शरीर भोग्दै, आफ्ना श्रेष्ठता, पवित्रता र शुद्धतामा गर्ववोध गर्ने सदियौ देखिको सामन्तवादको अवशेषको नेतृत्व गर्ने काम हिजोका क्रान्तिकारी भनिनेहरुकै नेतृत्व भैरहेको छ।

राजनीतिक फाइदाको लागि घोकाइएका छुवाछुत विरोधी भाषाणहरु केवल सत्ताका लागि खुराग थिए। निमुखा दलितहरुलाई दबाइरहने दलिय व्यवस्था भित्रको अर्को डरलाग्दो पक्ष हो। आज सम्भ्रान्तरप्रभुत्व वर्गको पालन पोषणमा हुर्केका दलिय तथाकथित न्याय प्रेमीहरु शासन सत्ताको वरिपरि बसेर प्रश्न गर्दैछन्। गैरदलितहरु दलितलाई बोलिमा न्याय माग्छन् र व्यवहारमा लुट्छन् तीनै जमातको चर्को स्वरले दलित मुक्ति संभव देखिदैन।

हिजो जातिय मुक्ति र राज्यको सपना बाड्ने क। प्रचण्ड र बावुराम सँग जवाफ माग गर्नुपर्दछ। राम ब। बादल र जनार्दनहरु त केवल तीनका मतियार हुन्। हजारौं यूवाहरुलाई युद्धको मैदानमा धकेलेर बर्बरता पूर्ण हिँसाको राजनीतिलाई सत्तासँग साटेकाहरुलाई सोध्नु पर्छ। के यहि हो दलित मुक्ति ?  वर्तमान नेपालको विकसित राजनीतिक घटनाक्रम सँगै सिमा विवाद सन्दर्भमा भारतीय सञ्चारमाध्यमहरु मार्फत त्यहाँका पूर्व सैनिक जनरल बक्सीस लगायतको दाबीलाई सत्य मान्ने हो भने तत्कालीन माओवादी भारतीय सँस्थापन पक्षको लािग काम गरिहेका थिए। १७ हजार नेपालीहरु मारिनुमा औलामा गन्न सकिने नेपालको लागि भारतीय दलालहरु जिम्मेवार छन्।

यस्ता कठपुतलीहरुबाट दलितरजनजाति गरिब, निमुखाहरुको मुक्ति सम्भव थिएन, तसर्थ उनीहरुले जनताको रगतलाई सत्तासँग सम्झौता गरे। अब उप्रान्त पनि यी मानिसहरुबाट देशको भलो हुदैन भन्नेमा ढुक्क रहनु नै विवेकशील ठहरिन्छ।
भर्खरै दलित यूवकको प्रेम सम्बन्ध र त्यस घटनाले निम्त्याएको डरलाग्दो नेपाली समाजको वास्ताविकता र चेतना स्तरले के प्रष्ट पार्दछ भने, प्रेम गरेकै कारण मर्नुपर्ने, दलित भएकै कारण मारिनुपर्ने सिङगो गाउँ नै दलितहरु माथि निर्ममतापूर्वक आक्रमण गरेको अवस्था छ, प्रश्न कुनै जिम्मेवार पक्षलाई सोधिएर अन्त्य हुनेवाला छैन।

अब बेला आएको छ, हाम्रो धर्म संस्कृतिका सिमित ठेगदारहरुलाई प्रश्न गर्ने, शास्त्रमा के त्यस्तो लेखिएको छ, जसले दलितहरुलाई नछुन भन्छ, होइन भने, सनातन देखि चलिआएको धर्म संस्कृति भित्रको नराम्रा पक्षहरुलाई मेटाउने हिम्मत राख्नुपर्दछ। जब सम्म हमी हाम्रा धर्म संस्कृतिलाई निश्चित व्यक्तिरवर्गरसमुदाय विरुद्ध लक्षित गरेर समाजमा छुतरअछुतको भ्रम सिर्जना गरिरहन्छौ तब सम्म सरकार वा कानूनलाई गाली गर्नु “अनुहारमा फोहोर राखेर ऐना सफा गरिरहनु” जस्तै हुन्छ। त्यसकारण जहिले सम्म “ढुङगालाई दुध र मान्छेलाई मुत” खुवाउने नेपाली समाजको गलत परम्परालाई संस्कृतिको रुपमा व्याख्या गरिरहन्छौ तब सम्म देशले यस्तो छुवाछुतरविभेदको जन्जिरबाट नेपाली समाजलाई माथि उठाउन असम्भव प्राय छ।
कथित हिन्दुअतिवादका विद्धान र उच्च जात भनिएकाहरुले हिन्दुधर्म जर्मन लगायत पश्चिमा देशहरुमा समेत फैलिरहेको दाबी गरिरहदाँ आधुनिक मानव समाजले राख्ने जिज्ञासा, खोज, अध्ययन, अनुसन्धान भइरहेको सत्यलाई नकार्न मिल्दैन पछिल्लो समय पूर्वी दर्शनको सन्दर्भमा पश्चिमाहरुले खोज अनुसन्धान अघि बढाएको विषयलाई विकसीत मानव समाजको सकारात्मक पक्षको रुपमा लिने कि विश्व समुदाय नै हिन्दुमय भैइसक्यो भनेर गर्वबोध गर्ने ?

कुनै पनि दर्शन वा विषयको बारे बुझ्न खोन्नु भनेको आधुनिक मानव सभ्यतामा ज्ञानको दायरा बढाउनु हो। दुनियाको मानव सभ्यतालाई सकरात्मक ढङगको प्रभाव पार्न सक्ने हाम्रो पूर्वीय दर्शन नेपाल देशको विभेदकारी विकृतिहरु मेटाउन किन असफल छ ? हो, ०६२÷०६३ को जनआन्दोलन पश्चात दलित लगायत तमाम विषयहरुलाई लिएर चर्को बहसहरु नभएका होइनन्। परिणाममा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा दलितरजनजातिरअल्पस्ंख्यक निम्न वर्ग, समुदायका प्रतीनिधि मुलक पात्रहरु देशको नेतृत्व तहमा नदेखिएको होइन ती मानिसहरु पनि सत्ताको स्वाद चाखि सके पश्चात त्यहि वर्ग समुदाय माथिको नयाँ शासक र विभेदकारी नीतिको पृृष्ठपोषक भएर निस्कने गर्दछन्।

आज नेपाल जस्तो अविकसीत देशमा प्रतिनिधि मूलक कोटाका पात्रहरु सत्ता टिकाउने र गिराउने खेलमा ज्यादा खरिद बिक्री हुने गरेका छन् र तिनै नवधनाढ्यहरुलार्ई क्रान्तिकारी उपनाम पनि यहि समाजले दिएको छ। नेपालको संविधानले कमजोर वर्गलाई केन्द्रित गरेर देशको लेकतान्त्रिक व्यवस्थाको मापन गर्ने आशय अनुभूत गराउछ तर व्यवहारमा संविधानरकानूनले उच्च जात भनिएका वर्गका मानिसहरुको अनुकुल प्रयोग भइरहेको यथार्थ सबै सामू छर्लङ छ।  सनातन धर्म संस्कृति जोगाउने नाउँमा आफूलाई कहिल्यै परिवर्तन नगर्ने, यस भित्रका खराब पक्षहरुको वकालत गर्दा धर्म विरोधी भइने, अमूक व्यक्ति वर्गरसमुदायले यस्ता अन्धाविश्वासले जेलिएको कुरितिबाट निस्कन खोज्दा धर्म परिवर्तनको आरोप लाग्ने, सम्भव भए सत्ताको गलत प्रयोग गर्दै दण्डीत गराउने सम्म हुन्छ।

नेपाली समाजमा घटित अनेकन प्रकृतिका घटनाहरुको सन्दर्भमा बर्तमान क्रान्तिकारी पृष्ठभूमिका गृह मन्त्री राम ब। बादललाई जिम्मेवार ठह¥याउला, प्रश्न गरौला, दोषीहरुलाई दण्डीत पनि गरिएला तर २१ औं शताब्दीको उद्धराद्र्धमा आधुनिक मानव सभ्यताको अधिकतम अभ्यास भइरहेको वर्तमान प्रतिस्पर्धात्मक दुनियाँमा नेपाली समाजको लागि छुवाछुत विभेदको यो नै अन्तिम घटना होला ? आम रुपमा सबैले कामना गरौं यस्ता मानवीय संवदेनालाई नै भेरी नदीमा बगाउने खालको बर्बतापूर्ण विभेदकारी घटना नदोहोरीयिोस् तर कामना गर्दैमा यस्ता घटना अब उप्रान्त दोहारिदैन भन्नेमा निश्चित रहनु नेपालीजनको ठुलो भूल हुनेछ। आज हामीले कामना मात्र होइन संकल्प गर्न जरुरी छ, समाजमा व्याप्त यी तमाम विकृति विसंगतीलाई प्रत्येक नेपालीको मानसपटल र घर–घरबाट भगाउन जरुरी छ।

अन्धविश्वास र कुरितिहरुको विरोध र सुधार दुबै गर्ने हिम्मत गर्नुपर्छ खासगरी निम्न वर्गरसमुदायले यस विरुद्ध जाग्न जरुरी आवश्यक छ। आधुनिक नेपाली समाजमा नयाँ ढङगको क्रान्ति आवश्यक छ। जुन कुनै राजनीतिक दल वा स्वार्थबाट प्रेरित समुहहरुबाट सम्भव छैन, यदि समाजमा विकाउ र चर्चाको लागि गरिने अभियानहरु यसको स्थायी समाधान मानियो भने फेरि सुकीलामुकीलाहरु कै हित सिवाय परिणाम शून्य हुने अवस्था पक्का छ।  अन्तमा, नवराज विक लगायत मृतकहरु प्रति श्रदाञ्जली व्यक्त गरिरहदाँ पीडितहरुलाई न्याय र पीडकहरुलाई दण्डको मागलाई बुलन्द बनाउदै गर्दा नेपाली समाज र कठित उच्च जातरवर्गका मानिसहरु लक्षित सवालहरुलाई गम्भिरता पूर्वक ग्रहण गर्नु पर्छ। र धार्मिकरसांस्कृतिक पक्ष जस्तो मानवीय सभ्यता सँग जोडिएको संवेदनशील विषयमा आम नेपालीजनले आफैमा प्रतिप्रश्न गर्नु पहिलो कदम ठहरिनेछ। आशा गरौ आगामी दिनहरुमा नेपाली समाजमले स्वस्र्फूत रुपमा यसप्रकारका पुरातन धार्मिक मान्यताहरुलाई तोड्दै मानव सभ्यतामा भएको आमूल परिवर्तनलाई आत्मासाथ गर्दै विभेद र मानव अधिकारको दृष्टिकोणबाट दुनियालाई चुनौती दिन सफल हुनेछ।

– डेभिड घले राजनितिशास्त्रका अध्ययता तथा नेवि संघ धादिङका पूर्व सचिव हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *