सबैले चिन्नुहोस् यी हुन् क्वारेन्टिनमा महिलालाई सामूहिक बलात्कार गर्ने अपराधी

सबैले चिन्नुहोस् : यी हुन् क्वारेन्टिनमा महिलालाई सामूहिक बलात्कार गर्ने अपराधी

समाचार

Sharing is caring!

काठमाडौं । अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको छ । यो बीचमा यस घटनालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।

आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तोडफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा विरोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप लगाएका छन् । लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारेन्टाइन भंग गर, दोषीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका गम्भीर रहेको बताउँनु भएको छ ।

आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तोडफोड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप लगाइएको छ । बजगाईंले स्थानीय र प्रदर्शनकारीलाई घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउन आग्रहसमेत गर्नुभएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक भएको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *