रोजगारी गुमाउनुको सबैभन्दा बढी पीडा निम्न बर्गलाई

रोजगारी गुमाउनुको सबैभन्दा बढी पीडा निम्न बर्गलाई, जीवन धान्ने आधार कतै नदेखेका युवाहरु डिप्रेसनको शिकार हुन सक्छ

समाचार

Sharing is caring!

विश्वमा ठुलो चुनौतीको रुपमा देखिएको कोरोना संक्रमणले संसारलाई गाँजिरहेको छ । संक्रमणको दर दिन दुईगुणा र रात चौगुणाको दरमा बढिरहेको छ । नेपालमा पनि कोरोना संक्रमणको गती खरायो दौडाईमा उकालो चढी रहेको छ । फितलो तयारी र सरकारी लापर्वाहीले संक्रमण भयावह बन्दै गएको तथ्यलाई तितो सत्यको रुपमा स्वीकार्नु पर्ने बाध्यता छ ।

कोरोना संक्रमणको त्राससँगै यतिबेला बाध्यताले विदेशीएका लाखौं नेपाली घर फर्किने क्रममा छन् । कति फर्कि सकेका छन् भने कति फर्किदै छन् । यो संख्या सबैभन्दा बढी भारतबाट आउनेको छ । ऋणधन गरेर केही कमाउनका लागि विदेशीएका सर्वसाधारण संक्रमणको त्रासले खालीहात फर्किनु परेको छ ।

विदेशबाट फर्किने प्राय सबैले रोजगारी गुमाएर आएका छन् । स्वदेशमा पनि संक्रमणको त्रासले कम्तीमा २ हप्ता क्वारेन्टाइनमा बस्नु परेको छ । त्यसपछि साहुको ऋण टाउकोमा बोकेर घरमा खाली हात बस्नु परेको छ र अरु निकै लामो समय हात बाँधेर नै बस्नु पर्ने अवस्था आउने सम्भावना देखिएको छ । संक्रमण नियन्त्रणमा आएर सामान्य अवस्था नभएसम्म विदेशमा मात्र नभएर स्वदेशमै पनि रोजगारीका अवसर सिर्जना हुन सक्ने देखिएको छैन । यस्तो अवस्थामा घरमा बेरोजगार भएर बस्नुको विकल्प पनि छैन । कोरोनाले मानव सभ्यतालाई कता पुर्याउने हो भन्ने कुरा अहिले नै निक्र्यौल गर्न सक्ने अवस्था छैन ।

जीवन निर्वाह अहिले संसारका निम्न र मध्यम वर्गीय परिवारका लागि सबैभन्दा ठुलो चुनौतीका रुपमा देखिएको छ । संसारका प्राय देशहरुले आफ्ना नागरिकको कम भन्दा कम क्षति होस भनेर लागि परेका छन् । बेरोजगार जनशक्तीका लागि किसिम किसिमका प्याकेजहरु ल्याएका छन् । सरकारले राज्य कोषबाट संकटको बेलामा ठुलो धनरासी नागरिक सुरक्षाका लागि खर्च गरिरहेका छन् । केही समय अघिसम्म अति निम्न र निम्न वर्गीय परिवारमा देखिएको आर्थिक समस्या अहिले मध्यम बर्गमा देखिन सुरु भएको छ । परिवारमा एक जनाको कमाईमा आस्रित परिवारमा यो समस्या झनै विकराल बन्दै गएको छ ।

विदेशबाट रोजगारी गुमाएर घर फर्किने हरुका अतिरिक्त अब रोजगारीको समस्या मुलुकभित्रै निजी क्षेत्रमा काम गर्ने कामदारका लागि पनि ठुलो चुनौती बन्दै गएको छ । एकातिर जीवन निर्वाहका लागि विदेशीएका लाखौं नेपाली खाली हात स्वदेश फर्किएका छन् । उनिहरुका लागि पारिवारिक दायित्वसँगै रोजिरोटीको समस्या विकराल हुनेछ भने देशभित्रै रोजगारी गुमाउनेको अवस्था पनि समान नहोला भन्न सकिन्न ।

अहिले विश्वमा करोडौं युवाहरु बेरोजगार भएका छन् । रोजगारी गुमाएको र जीवन धान्ने आधार कतै नदेखेका युवाहरु डिप्रेसनको शिकार हुन थालेका छन् । युवालाई डिप्रेसनबाट जोगाउनु पनि अर्को सामाजिक चुनौती बनेको छ । आफु, परिवार र भविश्यको चिन्ता यस्तो अवस्थामा स्वभाविक पनि हो । आफ्नो बाल बच्चालाई पढाई रहेको स्कुलबाट निकाल्नु पर्नाको कारण र त्यसको पीडा त्यो अविभावकलाई मात्र थाहा हुन्छ ।

यसले एकातिर बालबालिकामा नकारात्मक प्रभाव पर्दछ भने अर्कोतिर खासगरी बेरोजगार युवाहरुमा जीवनप्रति वितिष्णा बढेर जान्छ । गत महिना युनिसेफले सार्वजनिक गरेको अनुसन्धान प्रतिवदनमा कोरोनाबाट उत्पन्न प्रतिकुल अवस्थाको कारण लाखौं बालबालिका कुपोषणको शिकार हुने प्रक्षेपण गरिएको थियो । त्यो अवस्था पनि नेपाल जस्तो गरिब देशका लागि झनै भयावह नहोला भन्न सकिन्न । पोष्टिक आहारको कमी र पेटभरि खाना नपाएर बालबालिकामा कुपोषण देखा परेको छ । यसको नतिजा डर, त्रास, पारिवारिक दायित्व, अभाव र वितिष्णाले बेरोजगारहरु विस्तारै डिप्रेसनमा जाने र आत्महत्या समेत गर्न पुग्ने अवस्थाले झनै जटिल मोड लिने देखिएको छ ।

मानिसहरु कोरोनाको त्रास भन्दा रोजगारी नहुदाँ डिप्रेसन भएर आत्महत्याको कारणले मृत्यु हुनेको सख्यांँ दिन प्रति दिन बढ्दो छ । नेपालमा पनि यो संख्या दिनप्रति दिन खरायो गतिमा अघि बढेको छ । बेरोजगार अवस्थाले गर्दा पारिवारिक कलह खेप्नु जस्ता विकृति आएका छन् । रोजगारी गुमाएकै कारण गाउघरँमा जुवा तास खेल्ने प्रवृति, झै–झगडा जस्ता समस्याले बढी प्रथामिकता पाएको छ ।

व्यक्तिको मनोबलमा प्रभाव पारेको छ, रोजगारि नहुँदा ज्याला मजदुरी गरि जिवन निवार्ह गर्नेमा परिवारमा सबैभन्दा बढी समस्या सृजना भएको छ । परिवार पाल्नकै लागि भनेर बिदेशिएका नेपालीले रेमिटेन्स भित्र्याउन नसक्दाँ परिवारको गासँ पाउने आधार गुमेको छ । भने नेपाल सरकारले अलपत्र परेका नेपालीको उद्धारकार्य गरेर हैसला दिए पनि मैकामा चैका गरि डबल भाडा तिरेर ल्याएका छन् ।

बिचैलियाको कारण हो या भ्रष्टचारमा मैलाएका सरकारि कर्मचारिले हो क्वारेन्टाइममा बसेका व्यतिmले औषधि प्रयोग नगरे पनि लाखैँको बिल भने पेस गरेकै छन् । बिडम्बना, रोजगार त्यागेर झिनो बाच्ने आशा बोकेर स्वदेश फर्केका आफ्ना परिवारलाई कोरोना नसरोस भनेर क्वारेन्टाइमा बस्न बाध्य नारीमाथि भएका बलात्कार जस्ता जघन्य अपराधिक गतिविधिले मानवता गुमेकै हो त भन्ने प्रश्न चिन्न खडा गरिदिएको छ ।

नेपालका निम्न वर्ग मानिसहरु केहि सिप वा दक्षताको अभावकै कारण परिवार पाल्नकै लागि ऋिण लिएर भए पनि थोरै रकम लाग्ने भएकोले भारत जान्छन् रोजगारी खोज्न । ठुलो आशा हुदैन तिनिहरुमा घर परिवारको जीवन निर्वाह गर्न बाहेक । जहाँ पासपोर्टको आवश्यकता नहुने हुनाले होला सबै भन्दा बडि नेपाली कामका लागि भारत जाने गरेका छन् ।

यहि मैकामा कोरोनाको प्रभावले गर्दा कमाउन वा रोजगारी खोज्न भारत गएका युवाहरु हिडेर र माहाकालि तरेर भए पनि लाखैँ मानिस नेपाल भित्रिएका छन् । लकडाउनले गर्दा उतै थुनिएका परिवारको यता गासँ खोसिएको छ । समाजमा गरिब वर्गको समस्या तथा अभावको ग्राफ बढेर अन्तिम विन्दुमा पुगेको छ ।

मजदुरी गरेर जीविका चलाउदै आएका धेरै मजदुरहरु आफ्ना परिवारलाई यो खाऊ भन्ने चीज केहि दिन नसके पछि आफु मर्ने निधो रोजगारी गुमेकै कारणले आत्महत्याको सख्याँ बढेको स्पष्ट देख्न सकिन्छ । सरकार भने यस्तो अवस्थामा कर उठाउँन जाड् दिन्छ यति बेला । जनता भोक र शोकले मर्ने अवस्थामा छ । अमेरिका जस्तो शतिm सालि राष्ट्रमा समेत चार करोड मानिसहरुको रोजगारि गुमेको छ भने नेपालमा अब रोजगारि गुमाउनेको सख्यां लाखैँ हुने छ । यसको प्रभाव प्रत्क्षय निम्न वर्गमा पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *