१७ वर्षीया सुत्केरी र शिशु बिचल्लीमा विवाहको लोभ देखाएर युवा फरार

१७ वर्षीया सुत्केरी र शिशु बिचल्लीमा : विवाहको लोभ देखाएर युवा फरार

समाचार

Sharing is caring!

भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् । विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएतापनि अहिले ति युवा फरार छन् ।

ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् । उक्त १७ वर्षी युवतीले शल्लेक्रियामार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन् । अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ ।

शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ । सामान्य चिया पसल सञ्चालन गर्दै आँफ्नो जीवन चलाउदै आएका उनीहरु लकाडाउनका कारण आधापेट खाएर रात कटाउने गरेका छन् ।

लकडाउनका कारण उनीहरुको चिया पसल बन्द छ । ‘सानै उमेरमा नातिनीलाई प्रलोभनमा पारेर यो अवस्थामा ल्याउने केटा फरार छ । स्थानीयको सहयोगमा प्रहरीमा जाहेरी त दिएका छौं’, युवतीकी हजुरआमा भन्छिन् ।

चिया पसलबाट हुने आम्दानीले आँफ्नो पेट पाल्दै आएकी उनले बन्दले गर्दा ४ महिनासम्मको घर भाडा तिर्न नसकेको र खाने कुराको समेत अभाव हुन थालेको उनी बताउँछिन् । ‘यसरी सबै तिरबाट हामी गरीबलाईनै दैवले घेर्दा रहेछन्’, हजुरआमा रुदै भन्छिन् ।

‘अहिले मेरो नातिनीलाई विभिन्न बहानामा आमा बनाएर फरार भएका युवालाई प्रहरीले खोज्छौ त भनेको छ । नानितीको अवस्था नाजुक छ ।

डाक्टरलेल अप्रेसन गरेर पलातीनी निकाले । तर, अहिले आमाको दूध समेत नआउदा पलातिनीलाई के खुवाउने पिरलो छ । मसँग दुध किन्ने समेत पैसा छैन’ आँशु पुछ्दै भनिन् । फोटो News 24 Nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *