नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो आइतबार मात्रै थप ४२१ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, आइतबार मात्रै थप ४२१ जनामा संक्रमण

समाचार

Sharing is caring!

काठमाडौँ, ७ असार । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आइतबार पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार आइतबार थप १ सय ९४ जना संक्रमित कोरोनामुक्त भएका छन् । १८६ पुरुष र ८ महिलाले कोरोना जितेका हुन् । यससँगै निको हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

गत २४ घण्टामा ८ हजार ६ जनाको पीसीआर परीक्षण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *