सलमानको पर्दा फास पहिलो पटक यस्तो भने

सलमानको पर्दा फास पहिलो पटक यस्तो भने

समाचार

Sharing is caring!

सुशान्तसिंह राजपुतको नि’ध’नपछि बलिउडमा परिवारवादलाई लिएर निकै वहस भएको छ । नेपोटिज्म अर्थात परिवारवाद, नातावादका कारण सुशान्त जस्ता होनहार कलाकारले अवसर नपाउँदा यस्तो निर्णय लिनु परेको भन्दै वहस सिर्जना भएको छ ।

त्यसमा अभिनेता सलमान खानको परिवार र निर्माता करण जोहर मुख्य निसानामा परेका छन् । यिनीहरुको फिल्म व’हि’ष्कार सम्मको अभियान सामाजिक सञ्जालमा सुरु भएको छ । आफ्ना बारेमा सुशान्तको विषयलाई लिएर सामाजिक सञ्जालमा अभियान नै सुरु भएपछि अभिनेता सलमान खानले प्रतिकृया दिएका छन् ।

सुशान्तको नि’ध’नको घ’ट’नालाई परिवारवादसंग जोडिएर हेरिएको छ । बलिउडमा सलमान खान, करण जोहरहरुले नेपोटिज्म चलाएको भन्दै उनीहरुको फिल्म व’हि’ष्कारको अभियान नै सुरु भएको हो । सामाजिक सञ्जालमा सुरु भएको यो अभियानमा लार्खौले सहभागीता जनाएका छन् ।

कंगना रनावत, साहिल खान, सोनु निगमहरुले यि कलाकार माथि आ’रोप लगाउँदै अभिब्यक्ति सार्वजनिक गरेका छन् । प्रतिभावान हुँदाहुँदै पनि गुट र परिवारवादले धेरै सक्षम कलाकारलाई पाखा लगाएको र सुशान्तले पनि यसै कारण डि’प्रे’शनमा गएर यस्तो निर्णय लिएको भन्दै वि’रो’ध गरिएको हो । सुशान्त डि’प्रे’शनमा जानुमा सलमानको पनि हात रहेको आ’रोप लगाइएको छ। बिहार मुजफ्फरपुर अदालतमा त सलमानसहित बलिउडका ८ जनावि’रु’द्ध मु’द्दा नै परेको छ। आ’रोप तथा मु’द्दाले सलमानमाथि दर्शकहरु पनि खनिएका छन्। आफूमाथि अनेक खालका आरोप तथा मु’द्दा लागेपछि सलमानले मुख खोलेका छन्। उनले आफ्ना फ्यानलाई सुशान्तको परिवार तथा फ्यानलाई साथ दिन अपिल गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो अपिल गरेका हुन् ।

ट्वीटरमार्फत सलमानले लेखेका छन्, ‘म आफ्ना सबै फ्यानसँग अनुरोध गर्छु कि तपाईहरु सुशान्तका फ्यानलाई साथ दिनुस्। उनीहरुको भाषा र लाल्छनाप्रति ध्यान नदिनुस्। बल्कि यसको पछाडिको भावना हेर्नुस्। कृपया सुशान्तको परिवारलाई सहयोग गर्नुस्। परिवार र फ्यान्ससँग उभिनुस्। किनकि आफ्नालाई गुमाउनुको पी’डा द’र्द’नाक हुन्छ।’

सुशान्तको विषयलाई लिएर सामाजिक सञ्जालमा आ’लो’चनाको वाढी आउन थालेपछि कति कलाकारले ट्वीटर चलाउन बन्द गरेका छन् ।

कतिले फलोअर्स घटाएका छन् । सोनाक्षी सिन्हाले ट्वीटर एकाउण्ट डिसेवल गरेकी छन् भने करण जौहरले इन्स्ट्राग्राममा सबैलाई अनफलो गरिदिएका छन् । उनको इन्स्ट्रामा ८ जनालाई मात्र फलो गरेका छन् । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *