नेविसंघ विवाद टुंगिदैंः कुन नेताको गोजीमा कुन विद्यार्थी, कुन विद्यार्थीको विरोधि नेता को ?

समाचार

Sharing is caring!

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पौष ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १४ औं महाधिवेशन घोषणा लगायत भातृ संगठन र विभाग गठन एकल निर्णय गर्दै वहुमतले पारित गरेपछि चिडिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जिल्ला सभापतिको भेला सकिएलगत्तै देउवा–पौडेल भेटवार्ताले कांग्रेस भित्रको आन्तरिक द्धन्द्ध सहमती उन्मुख देखिएको छ ।

नेपाल विद्यार्थी संघ नेविसंघकै कारणले पार्टीमा चुलिएको झगडा नेविसंघ गठन सहमतिकै आधारमा टुंग्याउने गरी पार्टी उपसभापति तथा वार्ता टोलीका संयोजक बिमलेन्द्र नीधि र नेता प्रकाशमान सिंहको कार्यदलले निर्णयको फेहरिस्त तयार पारेपछि १०१ को कार्यसमिति सदस्यसहित सहमति हुने निश्चित प्राय देखिएको छ । देउवा पक्षबाट ५०, पौडेल पक्षबाट ३० र सिटौला पक्षबाट २० प्रतिशत गरि १०१ कार्यसमिति सदस्य बनाउने गोप्य सहमति भएपछि तीन नेताहरुको पछाडि विद्यार्थी नेताहरुको दौडधुप सुरु भएको हो ।

केहि दिन अगाडि देउवा निवास बुढानिलकण्ठमा सभपति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौलाबीच सहमतिकाआधारमा पार्टी संगठन संचालन गर्ने, महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने र भातृ संगठनमा पौडेल पक्षलाई सम्मानजनक स्थान दिने भएपछि उनीहरु एक हुन तदारुकता देखाएका हुन् । तीन नेताहरु भएको भेटघाटपछि पौडेल उपचारको निहुँ निकाल्दै भारत भ्रमण निस्केका छन् ।

१४ औं महाधिवेशनमा सभापतिको दावेदार रुपमा मानिएका पौडेलको स्वास्थ्य चेकजाँच भन्दा राजनीतिक हिशावले महत्व पाउने पक्का देखिएको छ सोमबार दिल्ली पुगेका पौडेलले बुधबारदेखि भारतका शीर्ष नेताहरुलाई भेटघाट गरेका छन् । उनले यो समाचार तयार पार्ने समयमा भारतका रक्षामन्त्री एवं भाजपाका पूर्व सभापति राजनाथ सिंहसँग भेटघाट गरेका छन् । यसरी पार्टी भित्रको अन्तरविरोध साम्य देखिनु र पौडेल भारतको भ्रमणमा निस्किनुलाई राजनीतिक वृतमा फरक तरिकाले विश्लेषण गर्न थालिएको छ । उनको यो भ्रमण १४ औं महाधिवेशनको तयारी र आफु सभापति बन्न भारतिय नेताहरुले खेल्ने भूमिकाको स्थान खोज्न लागेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

के हुँदैछ नेविसंघको भित्री तयारीः

लामो समयसम्म पार्टीको कन्चडो तताएको कांग्रेस भित्रको भातृ संगठन हो नेविसंध जो लामो समयदेखि भताभुंग छ । नत महाधिवेशन गर्न सक्यो नेविसंघले नत माउ पार्टीले काठघरमा उभाउन नै सक्यो । समय तोक्दै राख्यो तर तोकेको समय सकिएपछि स्वत विघटन भयो जुन नेविसंघको लागि ठूलो घाटा पर्यो । यहि संगठको विषयलाई लिएर पार्टीमा समेत ठूलै तरंग आइलाग्यो उप निर्वाचन कांग्रेस एक छ भन्दै विगुल फुकेर चुनावमा होमिएको कांग्रेस चुनावको सम्पूर्ण नतिजा सार्वजनिक हुन नपाउँदै छिचोलिन थाल्यो । भुसको आगो झैं सल्किएको आन्तरिक द्धन्द्धमा फस्यो कांग्रेस । देउवा–पौडेल र सिटौला आफ्नो मनोमानीमा बैठक बस्न थाले । सभापतिको निर्णय नमान्ने भन्दै पौडेल–सिटौला नेताको घर घरमा बैठक बसे । पार्टीका बैठक छोडेर कोठे बैठकमा रमाए । देउवाले १४ औं महाधिवेशको मिति बहुमत तय गर्नुका साथै केहि महत्वपूर्ण निर्णसँगै पौडेल पक्ष अत्तालियो र कांग्रेस जिल्ला सभापतिको भेला बोलायो । सभापतिहरुले मिल्नुको विकल्प नभएको र देउवाले पौडेलसँग बसेर समस्या समाधान गर्ने बताएसँगै केहि मत्थर भएको कांग्रेसले नेविसंघको बारेमा मोटामोटी सहमती गर्न पुग्यो ।

पार्टीको भित्रि सहमति पछि कुन विद्यार्थीलाई नेविसंघ सभापति र महामन्त्री बनाउने भन्ने कसरतमा कांग्रेस नेता फेरी देखिन थालेका छन् । पछिल्लो केहि दिन यता विद्यार्थी नेताको दैलोमा र नेता विद्यार्थीको छनोटमा व्यस्त देखिएका छन् । नेविसंघको नेतृत्व देउवा पक्षका राजिव ढुंगाना पक्का पक्की जस्तै भएपछि महामन्त्रीको लविङमा यतिवेता नेताहरुको दौडधुप चर्को देखिएको छ । सहमती पश्चात पनि बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिपक गिरी, चन्द्र भण्डारी, गुरु घिमिरे, बद्री पाण्डे, महेन्द्र शर्मा, रंजित कर्णले ३२ वर्षमुनिको नेविसंघ गठन गराउन निरन्तर दवाव दिइरहेका छन् । केहि दिन अघि महामन्त्री शशांक कोइरालालाई उक्साएर ३२ वर्षे उमेरहद लगाउन दवाव दिएका हुन् । तर दुई तिहाइ कम्युनिष्टसग लड्नुपर्ने भएकोले देउवा पौडेल र सिटौला उमेरहद नलगाउने गरी गठन गर्न सहमत भएका छन् ।

नेविसंघ र अन्य विषयमा सहमति जुट्ने भएपछि ति नेताहरु सहमति भाड्नलाई वार्ताकार बिमलेन्द्र नीधि र प्रकाशमान सिंहको कार्यदयलाई उक्साउन लागि परेका छन् । देउवाले राजि ढुंगानालाई अध्यक्ष र महामन्त्रीमा मनोज वैद्य र शुभराम बस्नेतलाई बनाउने भएपछि पौडेल पक्षले महामन्त्रीमा मोती भण्डारी र दिपक भट्टराईलाई अगाडि सारेका छ । सिटौला पक्षबाट भने धुर्बराज पाण्डेय र बलदेव तिमिल्सेनाबीचमा एक महामन्त्री बन्ने निश्चित छ ।

राजिव ढुंगानालाई सभापति देउवा, ज्ञानेन्द्र बहादुर कार्की, बिजय कुमार गच्छदार, बिमलेन्द्र निधी, पूर्ण बहादुर खड्का र एनपी साउदको साथ छ । महामन्त्रीमा पौडेल पक्षबाट मुख्य दावेदार मोती भण्डारी र दिपक भट्टराई छन् । भण्डारीलाई वरिष्ठ नेता पौडेल, रामशरण महत, शशांक कोइराला लगायत पूर्व अध्यक्षहरु गुरु घिमिरे, रंजित कर्ण, कल्याण गुरुङ र बद्री पाण्डेको साथ छ । भट्टराईलाई पौडेलको साथसँगै हृदयराम थानी, गोबिन्द भट्टराई केशव सिंह र मीनेन्द्र रिजालको साथ छ भने गोबिन्द भट्टराई देउवातिर लागेका हुन् भने वार्ताकार हृदयराम थानिले दिपक भट्टराईलाई महामन्त्री बनाउन दिनको तीन पटक गोबिन्द भट्टराईसँग परामर्स दिने गरेका छन् ।

मनोज वैद्य नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष हुन् । उनी नेता प्रकाशमान सिंहका निकट मानिन्छन् । देउवाले महामन्त्री बनाइदिने भएपछि सिंहलाई वाइवाई गर्दै उनी पछिल्लो समय देउवासँग टाँसिएका देखिन्छन् । शुभराम बस्नेतलाई सभापति देउवा महामन्त्री पूर्ण बहादुर खड्काको साथ छ । खुम बहादुर खड्काको निधनपछि बस्नेतसमूह तितरवितर जस्तै बनेको छ ।

तेस्रोधार सिटौला पक्षबाट युवराज पाण्डेय र बलदेव तिमिल्सेना महामन्त्रीका दावेदार हुन् पाण्डेलाई चर्चित युवा नेता गगन थापा र प्रदीप पौडेलको साथ छ भने वलदेवलाई कृष्ण सिटौलाको साथ छ ।

कुन विद्यार्थी नेताको कुन–कुन नेता विरोधि

राजिव ढुंगानाः प्रकाशशरण महत, गुरु घिमिरे, किशोर सिंह राठौर,
मोती भण्डारीः चन्द्र भण्डारी, महेन्द्र शर्मा, केशव सिंह,
दिपक भट्टराईः शंकर भण्डारी, बल बहादुर केसी, गुरु घिमिरे, रंजित कर्ण,
शुभराम बस्नेतः बल बहादुर केसी,
मनोज वैद्यः नविन्द्रराज जोशी, मानोजमणी आचार्य,
युवारज पाण्डेयः कुन्दनराज काफ्ले
बलदेव तिमिल्सेनाः कुन्दरनराज काफ्ले लगायतका अद्धृश्य रुपमा माथि उल्लेखित विद्यार्थी नेताहरुलाई कार्यसमितिमा आउन नदिन जोडतोडका साथ लागेका छन् ।
नेविसंघलाई कस्को कोल्टामा पार्ने भन्ने दाउपेचमले कांग्रेस किचलो अझै केहि समय रहने देखिएको छ । देउवा–पौडेल र सिटौला पार्टी बलियो बनाएर जानको लागि यि विद्यार्थी नेताहरुलाई जिम्मेवारी दिएर जानु आवश्यक देखिन्छ ।

३२ वर्ष उमेरहदका शुत्रधार गगन कुमार थापा, प्रदिप पौडेल जुझारु नेताहरुलाई रिझाएर पार्टीको पदाधिकारी हुने सुरुमा लागेकोले ३२ वर्षे उमेरहद हटाउने टुंगोमा पुगेका हुन् । पार्टीमा कमजोर भएका नेताहरु अझै पनि ३२ वर्षे उमेरहद कायमै गर्ने धाउन्नेमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *