पाल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

समाचार

Sharing is caring!

काठमाडौँ, ९ असार । पाल्पाको तानसेन नगरपालिका ११ मा सोम्मोबारीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

सोमबार तानसेन-गुल्मी सडकखण्डको उक्त स्थानमा ४ वटा सवारी साधन पुरिने गरी पहिरो गएको थियो । मंगलबार थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या ४ पुगेको प्रहरीले जनाएको छ ।

उद्धारमा खटिएका नेपाली सेना, प्रहरी तथा सशस्त्र र स्थानीयसहितको टोलीले थप एक पुरुषको शव भेटेको हो ।

सोमबार घटनास्थलमै २ जना र एक जनाको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका २ का ३२ वर्षीय भुवना खाम्चा, काभ्रे पाँचखाल नगरपालिका ८ का निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका २९ का २३ वर्षीय विर बहदुर गुरुङ रहेका छन् ।

पहिरोमा पुरिएका ४ वटा सवारी साधन पनि भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *