स्वास्थ्यमा समस्या आएलगतै आस्था राउत अस्पताल भर्ना

समाचार

Sharing is caring!

काठमाडौं– गायिका आस्था राउतको स्वास्थ्यमा समस्या आएलगतै त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा भर्ना गरिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीका अनुसार, सोमबार साँझ नै राउतलाई हाइपर टेन्सनका कारण समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । राउतलाई अस्पतालको चौथो तल्लाको ४२३ नम्बर बेडमा राखेर उपचार भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।

सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोही अनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *