२१ किलो गाँजासहित दुई जना पक्राउ

समाचार

Sharing is caring!

मकवानपुर प्रहरीले यात्रुवाहक बसबाट २१ किलो गाँजासहित दुई युवालाई पक्राउ गरेको छ । मंगलबार बिहान ४ बजे हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट काकँडभिट्टा जाँदै गरेको ना ५ ख ४९० नम्बरको बसमा चेकजाँच गर्दा सुनसरी इटहरी–१५ का २० वर्षीय सागर पाण्डे र धादिङ रोराङ नगरपालिका–१ का १८ वर्षीय सोनम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चेकजाँच गर्दा उनीहरूको झोलाभित्र २१ किलो गाँजा फेला परेको थियो। पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐनअनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *