भुटानले पनि दियो भारतलाई चक्मा,असममा सिंचाइका लागि आउने पानी रोकिदियो ( भिडियो )

भुटानले पनि दियो भारतलाई चक्मा,असममा सिंचाइका लागि आउने पानी रोकिदियो ( भिडियो )

समाचार

Sharing is caring!

काठमाडौं। भारतको असममा सिंचाइका लागि भुटानबाट आउने पानी यस वर्ष आउन सकेको छैन । १९५३ देखि नै असमको बक्सा जिल्लाको २५ गाउँमा सिंचाइको लागि भुटानबाट पानी आउने गरेको छ । अहिले पानी रोकिएपछि भुटानले को’रोना भाइरसको हवाला दिँदै पानी रोकेको खबर सार्वजनिक भएको थियो । यद्यपि भुटानले नहरको मर्मत भइरहेकोले पानी पठाउन समस्या भएको बताएको दावी गरिएको छ ।

समाचार एजेन्सी एएनआइले भने स्रोतको हवाला दिँदै भुटानले पानी रोकेको खबरको खण्डन गरेको र नहर मर्मतका कारण पानी रोकिएको बताएको छ । केही दिन अघि असमका किसानहरुले पानी रोकिएको वि’रोधमा प्रदर्शन पनि गरेका थिए । उनीहरुले केन्द्र सरकारले भुटानसँग समन्वय गरेर पानी सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

स्थानीय भूटान सरकारले सुरुमा धाराबाट पानी वितरण जारी राख्न सहमत भएको थियो तर यो अचानक हुने वर्षाका कारण सिँचाइ प्रणालीलाई क्षति पुर्‍याउने भन्दै पानी रोकेको हो। स्थानीयहरूले बोरा र ठूला ढुंगाको प्रयोग गरी अस्थायी रुपमा तटबन्ध निर्माण गरेर भारततर्फ जाने पानीलाई रोकिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *