प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

समाचार

Sharing is caring!

 

प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

१६ असार, विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो ।

रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड केजी धान–चामल प्रदेश एकमा ११ महिनाको अवधिमा भित्रिएको छ । त्यसैगरी काकडभिट्टा नाकाबाट सोही अबधिमा ५४ करोड २ लाख ४० हजार मूल्यको १ करोड ६३ लाख केजी धान–चामल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुनिता पौडेलले जानकारी दिइन् । यसबाहेक मकैै, कोदो र फापर पनि भित्रिएको छ

प्रदेश एकमा पछिल्लो समय खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ र आवास निर्माण गर्नाले धान खेती हुने जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ । जसका कारण धानको उत्पादनमा पनि प्रत्येक वर्ष कमी आउन थालेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार १५ वर्षको अवधिमा ५४ हजार हेक्टर धान खेत मासिएर ३ लाख १२ हजार हेक्टरमा खुम्चिएको छ । साथै १५ वर्षयता प्रदेश १ का १४ जिल्लामा धानको उत्पादन घटेर ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टनमा सीमित भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।

सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेट्रिक टन थियो ।

बर्खे र चैते धान गरी प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर अधिकांश प्रदेश १ वासीले भारतबाट आयात गरिएको चामल उपभोग गर्ने गरेका छन् । जसका कारण बर्सेनि धान–चामल खरिदका लागि करौडौं नेपाली रुपैयाँ विदेशिने गरेको छ ।

प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गर्दछ । प्रदेश नं. १ ले अहिले पनि कुल धान उत्पादनमध्ये आफ्नो प्रदेशमा खपत गरेर बाँकी रहेको ३ हजार मेट्रिक टन धान हरेक वर्ष अन्यत्र निर्यात गर्दै आएको छ ।

प्रदेश एकको कुल गाह्रस्थ उत्पादनमा समग्र कृषि क्षेत्रको योगदान ३६ प्रतिशत छ । धानको मात्रै योगदान १९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *