गत बिहीबारदेखि हराएका थापाको शव फेला

समाचार

Sharing is caring!

गोरखा– गत बिहीबारदेखि हराएका शहीद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षीय काजिराम थापाको शव फेला परेको छ । थापाको शव मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार थापा गत बिहीबारदेखि परिवारको सम्पर्कमा आएका थिएनन्। अधिकारीले भने थापा हराएको जानकारी पाउनासाथ हामी खोजीमा जुटेका थियौं तर आज बिहान उहाँको शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

माघ ९ गते काठमाडौंबाट गोर्खा फर्केका थापा घर नपुगेपछि परिवारले प्रहरीमा खोजी गरिदिन निवेदन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *