बिहेको गरेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण पुष्टी

बिहेको गरेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण पुष्टी

समाचार

Sharing is caring!

 

बिहेको गरेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं : भारतको विहारको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह भएको दुई दिनपछि मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो । विवाह भएको दुईदिनपछि नै उनको मृत्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणहरु पनि देखिएका थिए । तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।

यो घटनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृत्यु भएको सूचनासहितको फोन आएको बताए । उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे । विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

डीएम कुमार रविका अनुसार उनको मृत्युको सूचना एक सातापछि मात्र आएको थियो । त्यसपछि मृतका आफन्त र छिमेकीको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १५ जना कोरोना संक्रमित पाइएका थिए । त्यसपछि विवाहमा सहभागी सबै मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेर तीन सय जनामा परीक्षण गर्दा सोमबार थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बेहुला र बेहुलीका बाबु दुवै शिक्षक हुन् भने बेहुली सिभिल इन्जिनियर रहेको समाचारमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *