नेकपाको कलहले बजेट अधिवेशन अन्त्य, एमसीसी अलपत्र कांग्रेसको आपत्ति

नेकपाको कलहले बजेट अधिवेशन अन्त्य, एमसीसी अलपत्र : कांग्रेसको आपत्ति

समाचार

Sharing is caring!

काठमाडौं : सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेको सिफारिस अनुसार बिहीबार साँझ ५ बजेदेखि बजेट अधिवेशन अन्त्य भएको छ।

आकस्मिक रुपमा अधिवेशन अन्त्य हुँदा नागरिकता संशोधन, निजामती कर्मचारी, विशेष सेवा गठनसहित दर्जनभन्दा बढी विधेयक पारित रोकिएका छन्। आकस्मिक रुपमा अधिवेशन अन्त्य हुँदा १९ वटा विधेयक विचाराधीन रहेको संसद् सचिवालयले जनाएको छ।

कोरोना महाव्याधिका कारण लकडाउनबीच वैशाख २६ गते वर्षे अधिवेशन सुरु भएको थियो। ५६ दिन चलेको अधिवेशनले सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट र नयाँ नक्सा अनुमोदनसम्बन्धी संविधान संशोधन विधेयक पारित गरेको थियो। प्रतिनिधिसभातर्फ १४ र राष्ट्रिय सभातर्फ ५ वटा विधेयक दर्ता भएका थिए। ८ वटा विधेयक दुवै सदनबाट पारित गरिएको थियो। अधिवेशनमा ९ वटा संकल्प प्रस्ताव, २ वटा जरुरी सार्वजनिक महत्वको र २ वटा ध्यानाकर्षण प्रस्ताव दर्ता भएका थिए।

बिहीबार अधिवेशन अन्त्यसँगै अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता पनि अलपत्र परेको छ। सत्तासीन नेकपाभित्रै एमसीसी विवादमा परेपछि रोकिएको एमसीसी अलपत्र परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *