भीरबाट २ सय फिट तल खस्दा समेत बाँचिन् यी महिला

समाचार

Sharing is caring!

अमेरिकाको दक्षिणी क्यालिफोनियामा भीरबाट २ सय फिट तल खसेर पनि एक महिला बाँच्न सफल भएको लस एन्जलिस काउन्टी सेरिफ अफिसले जानकारी दिएको छ ।

गत शुक्रबार बिहान ३० वर्ष आसपासकी भनेकी ती महिला लस एन्जलिस काउन्टीको रान्चो पालोस भर्डेसमा रहेको गोरेटो बाटोमा हिँडिरहेकी थिइन् । त्यही बेला उनी चिप्लेर भीरबाट तल खसेकी थिइन् ।

बिहान करिब ८ बजेतिर स्थानीयहरुले उनले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । उनी कसरी भीरबाट खसिन् र कति समयपछि अरुले उनको चिच्याहट सुने भन्ने स्पष्ट भएको छैन ।

भिडियोमा समुद्र तटबाट हेलिकोप्टरको सहायताबाट उनको उद्धार गरिएको देख्न सकिन्छ । घाइते महिलाको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *