मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, परिस्थिति नबिगार्न शीर्षनेतालाई खबरदारी गर्ने निर्णय

मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, परिस्थिति नबिगार्न शीर्षनेतालाई खबरदारी गर्ने निर्णय

समाचार

Sharing is caring!

मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, परिस्थिति नबिगार्न शीर्षनेतालाई खबरदारी गर्ने निर्णय

१९ असार, काठमाडौं । सत्तारुढ नेकपाभित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै जाँदा दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् । केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हु्न् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।
‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’

दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ ।

दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले अनलाइनखबरलाई बताए । पूर्वमाओवादी खेमाका नेता रायमाझीले अनलाइनखबरसँग भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’

दोस्रो पुस्ताका नेताहरुले विवाद साम्य पार्ने भनिरहँदा प्रधानमन्त्री केपी ओलीको समर्थकबाट सडकमा जुलुसै निस्कन थालिसक्यो नि भन्ने अनलाइनखबरको प्रश्नमा नेता रायमाझीले भने, ‘पार्टीभित्रको समस्या पार्टीभित्रै हल गरिनुपर्छ, सडकमा लैजानुहुँदैन । जसले सडकमा प्रदर्शन गरिरहेको छ, त्यो तत्काल रोकिनुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *