सुर्खेतमा यहराजको ठक्करबाट युवकको मृत्यु पछि प्रेमिकाले गरिन् आत्महत्या( फोटो सहित )

समाचार

Sharing is caring!

सुर्खेतमा टिपरको ठक्करबाट केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएपछि विक्षिप्त बनेकी सिहकी प्रेमिकाले घटनालगत्तै आत्महत्या गरेकी छन् ।

घटना भएको स्थानमा केेशर बहादुर सिह र उनकी प्रेमिका संगै रहेका बेला सिहको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भई कोठामा फर्किएकि कालिकोट घर भई सुर्खेतस्थित मामाघरमा बस्ने अरुणा शाहीले आत्महत्या गरेकी छन् । शाहिले सिहको घटना भएको केही बेरमा नै झुण्डिएको अबस्थामा फेला परेकी हुन । सिहका आफन्तजनका अनुसार साही मगलबार ३ बजे काठमाडौ जाने भएपछी बिहानै शाहिलाई भेट्न गएको जानकारी दिएका छ्न । लामो समय प्रेम सम्बन्धमा रहेका उनिहरुको यहि महिनाको अन्तिम साता बिहे गर्ने तयारी रहेको आफन्तको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको हुन सक्ने प्रहरीको दाबी छ ।
‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे प्रहरीलाई जानकारी नभएपनी सिहको मृत्युलगत्तै शाहीको शव भेटिएको छ,प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *