सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, बजार पुर्ण रुपमा बन्द

समाचार

Sharing is caring!

वीरेन्द्रनगर सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ । सुर्खेत जुम्ला राजमार्ग अन्र्तगत वीरेन्द्रनगर ४ गौतम चोकमा भएको दुर्घटनामा कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्युु भएको हो । टिप्परले उनलाई २० मिटर सम्म घसारेको प्रत्यक्ष दर्शीले बताए ।
भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकका आफन्तले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता मृतकका आफन्तजनले बिहानै देखि सुर्खेत बजार र यातायात पुर्ण रुपमा बन्द गराएका छ्न । यातायात बन्द हुदा बिहानैदेखी यात्रुहरु गन्तव्य मा जान सकिरहेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *