खाली खुट्टा हिँडेर सरकारको विरोधमा उत्रिए युवा

खाली खुट्टा हिँडेर सरकारको विरोधमा उत्रिए युवा

समाचार

Sharing is caring!

महेन्द्रनगर : आइतबार महेन्द्रनगरमा युवाहरुले खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् ।कोरोना महामारीका बेला सरकार गम्भीर नभएको भन्दै नाङ्गो खुट्टा महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै सरकारलाई खबरदारी गरेका छन् ।

स्वस्र्फुत रुपमा प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका युवाले स्थानीय सरकारले जनताको स्वास्थ्य सुरक्षामा वेवास्ता गरेको,क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्ने र पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘पीपीइ अभावमा स्वास्थ्यकर्मीले एउटै पीपीइ र मास्क धोरए महिनौसम्म सेवामा खटिएका छन् प्रदर्शनमा सहभागी धिरज जोशीले भने,’ मेयरहरुको दिनदिनै मास्क परिवर्तन हुँदैछ। अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामग्री छैन ।’

 

उनले सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको भन्दै जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । आरडिटी परीक्षण हटाई पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने उनले बताए । अर्का सहभागी सुनिल थापाले क्वारेन्टाइनमा महिला र बालबालिका सुरक्षित नभएको बताउँदै सरकारले सुरक्षामा ध्यान दिनुपर्ने बताए । ‘क्वारेन्टाइनमा भद्रगोल छ त्यहा महिला र बालबालिका सुरक्षित छैनन, उनले भने , ‘सरकारले आफ्नो दायित्वबाट पन्छिनु हुँदैन।’

क्वारेन्टाइनबाटै संक्रमण फैलिरहेको स्मरण गराउँदै युवाहरुले सरकार गम्भीर नभएको आरोप लगाए । तत्काल सरकारले पीसीआर परीक्षणको दायर बढाएर नागरीकको स्वास्थ्य अधिकारको सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ।

महामारीका बेला समेत सरकारले अनियमितता गरिहेको प्रति युवाहरु आक्रोसित भएका छन । महेन्द्रनगरको मदन चोक देखी बजार परिक्रमा गरेर भीमदत्तनगरपालिका मुल गेट अगाडी युवाहरुले नाराबाजस् समेत गरेका थिए । उनीहरुले भीमदत्तका येर सुरेन्द्र विष्टलाई जनताको पिडा बुझेको खै भन्दै नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *