कोरोना बढ्न थालेपछि बन्यो नयाँ नियम, पालना नगर्ने १०२ जना कारबाहीमा परे

कोरोना बढ्न थालेपछि बन्यो नयाँ नियम, पालना नगर्ने १०२ जना कारबाहीमा परे

समाचार

Sharing is caring!

कोरोना बढ्न थालेपछि बन्यो नयाँ नियम, पालना नगर्ने १०२ जना कारबाहीमा परे

वीरगञ्ज : मास्क प्रयोग नगर्ने १०२ जनालाई बारामा प्रहरीले नियन्त्रणमा लिएर का’रबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नि’यन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।

मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत ज’रिवाना तिराएर छोड्ने गरेको छ ।

कोरोना संक्रमण दिनप्रतिदिन बढिरहदा घरबाहिर निस्किने हरकोहीले अनिबार्य मास्कको प्रयोग गर्न नियम बनाइएको छ । नियमको पालना नगर्नेलाई का’रबाही गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *