भक्तपुरमा भर्खरै खनेको इनारबाट ग्यास निस्किएपछि हेर्ने मानिसको भीड

भक्तपुरमा भर्खरै खनेको इनारबाट ग्यास निस्किएपछि हेर्ने मानिसको भीड

समाचार

Sharing is caring!

भक्तपुरमा भर्खरै खनेको इनारबाट ग्यास निस्किएपछि हेर्ने मानिसको भीड

भक्तपुर २३ असार – चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो । उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खन्नुभएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *