कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

समाचार

Sharing is caring!

कोरोना भाइरसको असर कम गर्न सक्ने सबैभन्दा सानो एन्टिबडी पत्ता लाग्यो

एजेन्सी: अमेरीकामा वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएकाे दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ । यो एन्टिबडी एबी ८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी ८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ ।

यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाई छ ।

पछिल्लो समय अमेरीका, भारत, ब्राजिल लगायतका देशमा सङ्क्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोना भाइरस विरुद्वको खोप निर्माणका लागि विभिन्न देश तथा कम्पनी लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *