कठैबरा तेस्रो लिङ्गी लाई पनि छाडेनन् पापीहरुले ! हेर्नुहोस भिडियोसहित

समाचार

Sharing is caring!

निल हीरा समाजले तेस्रो लिंगी अजिता भुजेलको ह त्यारा लाई तत्काल प क्रा उ गर्न माग गरेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा नील हिरा समाज र वुमन एक्टले संयुक्त रुपमा आज पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी कारबाही नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

निल हीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले भुजेलको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्दै सबैलाई सहयोगको आग्रह गरिन् । ‘अजिता भुजेको ह त्याका अभियुक्त फरार छन्,’ गुरुङले भनिन्, ‘दोषी जहाँसुकै भएपनि पक्राऊ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सहयोगका लागि आग्रह गर्दछु ।’ भुजेलको श व हेर्दा ब ला त्कार पछि ह त्या गरिएको देखिन्छ भन्दै दोषी कुनै हालतमा उम्कन नपाउन् भनिन् । पीडितको कोठाबाट सुनका गहना समेत हराएकाले लुटपाट समेत भएको हुनसक्ने उनको भनाई छ ।

पोस्टमार्टमको रिपोर्टअनुसार उनको टाउकोमा गहिरो चोट लागेको र घाँटीमा फाँसी दिएकोजस्तो घाउ भएको रिपोर्ट आएको बताईन् । तेस्रो लिंगीहरु समाजमा अपहेलित भइरहेको भन्दै उनीहरुको समस्या बाहिर नआइरहेको उनको भनाई थियो । उनले तेस्रो लिंगीको अधिकारका विषयमा संवेदनशील हुन आग्रह समेत गरिन् ।
वुमन एक्टकी अध्यक्ष सृजना अधिकारीले दोषीमाथि कडा कारबाहीको माग गरिन् । तेस्रो लिंगी भएकै आधारमा अजिता भुजेलले निकै समस्या भोग्नुपरेको र ज्यान समेत दिइएको भन्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताइन् । उनले भनिन्, ‘दोषी उम्कन नपाओस् ।’ दोषी कारबाहीका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताइन् ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *