पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी ! कसरी त जान्नुहोस् ;

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी ! कसरी त ? जान्नुहोस् ;

समाचार

Sharing is caring!

पेट्रोल ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी ! कसरी त ? जान्नुहोस् ;

४ असोज, काठमाडौं । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ ।

नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।

श्रोत onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *