रौतहटः सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो ।
चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीनै जनालाई पक्राउ गरेको रौतहटका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।
बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ