शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

समाचार

Sharing is caring!

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले कान्तिपुरलाई बताए ।

पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको र उनी ज्वरोमुक्त भएको खड्काले बताए ।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *