मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना: दुइजनाको मृत्यु, ६ जना घाइते

मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना: दुइजनाको मृत्यु, ६ जना घाइते

समाचार

Sharing is caring!

हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताए ।

प्रहरीका अनुसार मृतक दुबैजना पुरुष हुन् । दुर्घटनामा परी घाइते भएका ३ जनाको उद्दार गरी प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी प्रवक्ता रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *