झुठो बयान दिएको भन्दै छिमेकी विरुद्ध रियाले दिइन् उजुरी ।

झुठो बयान दिएको भन्दै छिमेकी विरुद्ध रियाले दिइन् उजुरी ।

समाचार

Sharing is caring!

ड्रग्सको मुद्दामा जमानतमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै छिमेकी विरद्ध उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप लगाउदै रियाले सीबीआइमा उजुरी दिएकी हुन् ।

रियाले आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी छिन् ।डिम्पलले मिडियासँग कुरा गर्दै जुन १३ मा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् ।

तर, सीबीआइको छानविनका क्रममा रिया र सुशान्तवि जुन १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । नायक राजपुतले जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *