दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

समाचार

Sharing is caring!

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञा अवधिभर मोरङ जिल्लामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका यातायातबाहेक आवत–जावत नगर्न आदेश दिएको छ । १२ दिने निषेधाज्ञा जारी गर्दै प्रशासनले भीडभाड नहुने गरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सो अवधिभर नियमितको पूजापाठ बाहेक मानिसहरुलाई भेला जम्मा हुने गरी उत्सव नगर्न र भजनर्कीतन नगर्न सूचना गरेको छ । समूहमा भेला भएर कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाइएको छ ।

त्यस्तै, सामुहकि रुपमा गरिने सबै खालका कार्यक्रमहरु उद्घाटन, शिलान्यास सभा सम्मेलन, प्रशिक्षणलगायतका कार्य पनि जिल्ला प्रशासनले रोक लगाएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *