कोरोनाका बिरामीसँग पैसा लिने निर्णय नेकपाकै घोषणा पत्र विपरितः रमेश लेखक
काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनतालाई आधारभूत र आकस्मिक स्वास्थ सेवा निःशुल्क दिनुपर्ने संविधान र कानूनले व्यवस्था गरेको जनाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य लेखेकले मंगलबार सामाजिक सञ्जालमार्फत कोभिड–१९ को महामारी आधारभूत र आकस्मिक स्वास्थ सेवाको विषय भएको जनाएका हुन् ।
‘सरकारले बिरामी आफैले उपचार गर्नुपर्ने गरि गरेको निर्णय संविधान, कानून, सर्वोच्च अदालतको निर्णय र स्वंय सत्तारूढ दल नेकपाको घोषणा पत्रका विपरित छ’, केन्द्रीय सदस्य लेखेकले भनेका छन् ।
‘सरकारले यो निर्णय फिर्ता लिई देशमा सरकार भएको अनुभूति देओस्’, कांग्रेस केन्द्रीय सदस्य लेखकले भनेका छन् ।
सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण निःशुल्क नगर्ने निर्णय गरेपछि चौतर्फी विरोध हुँदै आएको छ ।