नायक दम्पत्तीमा पनि कोरोना भाइरस देखियो

नायक दम्पत्तीमा पनि कोरोना भाइरस देखियो

समाचार

Sharing is caring!

नायक टम ह्यान्क्सले श्रीमती रिटा विल्सनसहित आफूलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।

अष्ट्रलियाको क्विन्सल्याण्डमा बस्ने ६३ वर्षका ह्यान्क्स र विल्सनले रोगको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् ।

अब उनीहरुले आफ्नो समय छुट्टै बसेर व्यतित गर्ने जानकारी दिएका छन् । ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरेको थियो ।

ह्यान्क्सले इन्स्टाग्राममा लेखे, ‘हामी रुघा खोकी लागेको जस्तो गरी थकित भएका थियौं । जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको छ ।’

‘के भएको भनेर परीक्षण गराइहाल्यौं । हामीमा कोरोना भाइरसको संक्रमण देखियो,’ उनले लेखे । यसबारे अपडेट गराइरहने उनले जानकारी दिए । अष्ट्रेलियामा १ सय ३० जनामा संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *