म्यान्मारबाट २६ नेपाली आइपुगे (तस्बिरसहित)

म्यान्मारबाट २६ नेपाली आइपुगे (तस्बिरसहित)

समाचार

Sharing is caring!

काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।

आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बाह्रखरीलाई जानकारी दिए । नेपालमा रहेका म्यानमारका नागरिकलाई सोही जहाजले लैजाने बताइएको छ ।

यस्तै आजै दिउँसो ३ देखि ४ बजेभित्र युनाइटेड अरब इमिरेट्स (यूएईको) सारजाहबाट पनि नेपाली आउँदै छन् । सारजहबाट नेपाली लिएर एयर अरेबियाको विमान काठमाडौं ३ देखि ४ बजेको समयमा अवतरण गर्ने प्रवक्ता कर्णले जानकारी दिए ।

काठमाडौं आएका नेपालीलाई आ-आफ्नो प्रदेशमा लैजान नेपाली सेनाले समन्वयको काम गरिरहेको छ । उनीहरूलाई लिन विमानस्थलमा सेनाको बस लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *