फेरि अर्को ब’ज्रपात भर्खरै राजधानी मा अवतरण गर्दागर्दै विमान दु’र्घटना, ४१ जनाको मृ’त्यु

फेरि अर्को ब’ज्रपात भर्खरै राजधानी मा अवतरण गर्दागर्दै वि*मान दु’र्घटना, ४१ जनाको मृ’त्यु

समाचार

Sharing is caring!

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजे-१०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो । सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिर हेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।

अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार
गरिएको थियो ।रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घट नामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ ।

कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवा रलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ । मिडिया रिपोर्टसहरुका अनुसार विमानको पहिलो आपतकालीन ल्याण्डिङ सफल हुन सकेन । ट्राकिङ वेबसाइड फ्लाइट राडार २४ मा उडेको करिब आधा घण्टामै विमानले आकस्मिक अवतरण गर्न कोशिस गरेको देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *