धनगढी: धनगढीः वेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृ’त भेटिएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको श’व पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको श’व भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको श’व नदीमा भेटिएको बताए। उनले प्रहरी सहायक निरिक्षक बिकको श’व फेला परेको मोहना नदीमै साउँदको श’व भेटिएको जानकारी दिए । अहिले घ’ट’ना स्थल मुचुल्का बनाउने काम भइरहेकाले श’व नदीबाट निकालिएको छैन् ।
गत शनिबार प्रहरी सहायक निरिक्षक बिकसँगै प्रज साउद पनि ग’स्तीमा खटिएका बेला वे’प’त्ता भएका थिए । विक वि’भत्स ह’त्या गरेको अवस्थामा भेटिएका थिए भने पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत ह’त्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएका छन्। उनीहरुले सुरुमा जवानकै ह’त्या गरी नदीमा फालेको र पछि असइको ह’त्या गरेको स्वीकार गरेको प्रहरी स्रोत बताउँछ ।