पोखरामा आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु

पोखरामा आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु

समाचार

Sharing is caring!

पोखरामा आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । गण्डकी सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको जानकारी अनुसार पोखराका चार जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका-१५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । त्यसैगरी पोखरा महानगरपालिका वडा नं १ का ४२ वर्षीय, पोखरा २८ का ६८ वर्षीय र पोखरा ३१ का ५८ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

पोखरा १ का पुरुषको पोखरास्थित चरक मेमोरियल, पोखरा २८ का पुरुषको गण्डकी मेडिकल कलेज र पोखरा ३१ क पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमक प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

मृत्यु हुने तीन जनामा नै निमोनियाको समस्या रहेको बताइएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ६४ सय ४९ जना पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *