काठमाडौ / मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार अहिले नेपालको पुर्वी भू–भाग नजिक निम्न चापीय प्रणाली रहेको छ ।
हाल देशको मध्य तथा पुर्वी पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रही मध्य तथा पुर्वी तराई भू–भागमा हुस्सु–कुहिरो लागिरहेको छ। पश्चिमी भू–भागको थोरै स्थानहरुमा हुस्सु–कुहिरो लागिरहेको छ।
आज दिउँसो देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ ।
पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ। आज राती देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यो पनि पढ्नुस …काठमाडौं, १६ माघ / चन्द्रागिरि केवलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्न विशेष अफर ल्याएको छ । पर्यटकलाई आकर्षण गर्न चन्द्रागिरीले जन्मदिनको अवसरमा निशुल्क केवलकार सेवा प्रदान गर्ने भएको छ।
जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिनखुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।