गुल्मीमा वडा अध्यक्षसहित १२ जुवाडे पक्राउ
सुमन महतरा, गुल्मीः गुल्मीमा सोमबार राति पौने १२ बजेको समयमा बिशेष सुराकीको आधारमा प्रहरीले छापा मारेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय गुल्मीको टोलीले सदरमुकाम तम्घासमा रहेको एभरग्रीन होटलमा छापा मार्दा वडा अध्यक्षसहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेसहित जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका रहेकाे जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।