पोखरा । पोखरामा दूई चिनियाँ नागरिकलाई कोरोना भाइरसको आशंकामा मणिपालका अस्पताल रेफर गरीएको छ । चिनबाट १५ दि अघिमात्र नेपाल आएका एक पुरुष र एक महिलामा त्यस्तो लक्षण देखिएको हो ।
अन्नपूर्ण सर्कीटको ट्रेकिङ सकेर पोखरा आएका चिनियाँमा कोरोनाको भाइरसका संकेतहरु देखिएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । सुरुमा सिजनलन फ्लू देखिएको र लक्षणहरु कोरोना भाइरसकै भएकाले तत्काल मणिपाल रेफर गरीएको लेकसाइडको स्वाकन इन्टरनेसनल हस्पिटलले जनाएको छ ।
परीक्षणको रिर्पोटले प्रमाणित नगरेसम्म कोरोना नै थियो भन्न चाहिँ नसकिने अस्पतालले जनाएको छ ।