डुबेर नाबालकको मृत्यु

समाचार

Sharing is caring!

सुनसरी । पानी भरेको बाल्टिनमा डुवेर नावालकको मृत्यु भएको छ । सुनसरी हरिनगरा १ का नौसाद अन्सारीको १ वर्षिया छोरोको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचार गर्न अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

लैजाने क्रममा बाटोमै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *