श्रीमतीको आत्महत्याको खबर थाहा पाएपछि दुई छोरीसहित श्रीमानको आत्महत्या

समाचार

Sharing is caring!

चेन्नई: भारतको तमिलनाडुमा रहेको भेल्लोरमा एक ३० वर्षीय युवकले आफ्ना दुई छोरीसहित आत्महत्या गरेका छन् ।

सोमबार बिहान यो आत्महत्या भन्दा अगाडि उनकी पत्नीले घर झगडाबाट दिक्क भएर आत्महत्या गरेकी थिइन् । श्रीमतिको आत्महत्याबाट दुःखी ती युवकले आफ्ना दुई छोरीलाई लिएर रेल अगाडि हाम फालेका हुन् । घटनामा परी तीनैजनाको मृत्यू भएको छ ।

प्रहरीका अनुसार आत्महत्या गर्ने युवकको पहिचान सार्वजनिक गरेको छ । उनकी पत्नीले पारिवारिक झगडापछि झुन्डिएर आत्महत्या गरेकी थिइन् । पत्नीको मृत्यूबाट दुःखी उनले साँझ ७ बजेतिर दुई छोरीलाई लिएर आत्महत्याको बाटो रोजे । उनले २ वर्षीया छोरी सञ्जना र १ वर्षीया छोरी रितिकाको पनि ज्यान लिए ।

प्रहरीले शवको पहिचान गरी परिवारलाई खबर गरेको थियो । एकैदिन एकै परिवारका चार जनाको मृत्यूका कारण एउटा टोल नै शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *