काठमाडौ । “हामी यस्तै त हो नि ब्रो” गीतका गायक समीर घिसिङ (भिटेन) विवादमा तानिएपछि माफी मागेका छन् ।
दसैंको बेला सार्वजनिक गरिएको नयाँ गीत “पारा”लाई लिएर विवादमा तानिएपछि उनले एक विज्ञप्ति निकाल्दै माफी मागेका हुन् ।
उनले विज्ञप्तिमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्ने बताएका छन् । उनले म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधाप्रति क्षमा पनि मागेका छन् ।
भिडियोमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै भिटेनलाई कारबाही गर्न बिहिबार प्रहरी प्रधान कार्यलयले साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको थियो । यस अघि पनि भिटेन गीतकै कारण विवादमा तानिएका थिए ।
प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गीत बनाएपछि गित नै डिलिट गर्नु परेको थियो भने आइन्दा यस्तो कार्य नगर्ने कागज गराई छाडिएको थियो ।