काँडाघारीमा साढे २ वर्षीया बालिका ब’ला’त्कृत

काँडाघारीमा साढे २ वर्षीया बालिका ब’ला’त्कृत

समाचार

Sharing is caring!

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिकाबलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरलेबलात्कारगरेका हुन् ।

बलात्कारमासंलग्नकिशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारआरोपीकिशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले रातोपाटीलाई बताए ।

गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।

बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार अपराधमासंलग्न बालवालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन । बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिनुपर्छ । निगरानी कक्षमा राखुन्जेल हत्कडी लगाउन नपाइने कानुनी व्यवस्था छ ।

रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *