पल शाहलाई नवलपुर पुर्‍याइयो, थुनछेक बहस शुरु

समाचार

Sharing is caring!



काठमाडौं ।

नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगिएको छ ।

नाबालिग ब ला त्का रको अभियोग लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु भएको छ। नवलपुर अदालतमा आज पी डित किशोरीका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका छन्।

सरकारी वकिलहरू बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस दिउँसो १ बजे सकेको वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए। सरकारी वकिलले पीडितको मागदाबी अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।

भट्टराईका अनुसार अहिले अभियुक्त शाह पक्षबाट बहस चलिरहेको छ। अदालतका सूचना अधिकारी एवं तहसिलदार लालबाबु क्षेत्रीका अनुसार शाहका तर्फबाट ९ जना वकिलले बहस गर्नेछन्। अहिलेसम्म शाह पक्षका पाँचजना वकिलले आफ्नो बहस सकाएका क्षेत्रीले बताए।

आज साँझसम्म शाहलाई रिहा गर्ने वा थुनामा राखेर अनुसन्धान अघि बढाउने आदेश आउने तहसिलदार क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यलय तनहुँमा हि रासतमा रहेका शाहलाई हिजो जिल्ला अदालत नवलपुरमा पुर्‍याएर वयान लिइएको थियो।



Leave a Reply

Your email address will not be published.