दुर्गेश भन्छन् : मेरो फिल्म काटेर फिल्म चल्छ भने चलोस्

समाचार

Sharing is caring!



काठमाडौं ।

ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले उक्त चलचित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् । गायक दुर्गेश फिल्ममा आफ्नो सिन काटिएको/नकाटिएको बारे अन्योलमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।

‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन काटेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।

पल शाह प्रकरणमा विवादित गायक तथा मोडल दुर्गेश थापालाई केही महोत्सवबाट समेत हटाइएको थियो । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि हट्ने चर्चा चलेको छ । दुर्गेशको कारण फिल्म विवादमा नपरोस् भनेर निर्माण युनिटले हटाउन लागेको बताइन्छ ।

फिल्ममा दुर्गेशको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायक दुर्गेशलाई भेटेको एक दृश्य रहेको थियो । उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ । ‘निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताए ।

‘दुर्गेशको फिल्ममा सानो भुमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ‘ पिःल्मको लागि हिजो एक र्याप गीत राख्ने भएपछि दुर्गेश हटाइएको हल्ला भएको छ ।’ दुर्गेशको बिषयमा केही दिनमा निर्णय हुने निर्माता थापाको भनाई रहेको छ ।



Leave a Reply

Your email address will not be published.